सुदूरपश्चिममा थप ९ जना कोरोना भाइरसका संक्रमित थपिएका छन्। अछामको कमलबजार प्रयोगशाला र जिल्ला अस्पताल बझाङमा भएको परीक्षणमा उनीहरुमा संक्रमण पुष्टि भएको हो।
कमलबजार प्रयोगशालाका सूचना अधिकारी टेकबहादुर विष्टका अनुसार कोरोना पुुष्टि हुनेमा मंगलसेन नगरपालिकाका ३ जना र चौरपाटी गाउँपालिकका ३ जना रहेका छन्। पछिल्लो २४ घण्टामा प्रयोगशालामा ५६ नमूना परीक्षण भएको उनले बताए। यस्तै पछिल्लो २४ घण्टामा जिल्ला अस्पताल बझाङमा ६९ नमूना परीक्षण गर्दा जयपृथ्वी नगरपालिकाका २ जना र छविस पाथिभेरा गाउँपालिकाका १ जनामा संक्रमण पुष्टि भएको प्रयोगशाला ईन्चार्ज नरेश खड्काले बताए।
प्रतिक्रिया दिनुस