बारामा गेष्ट हाउसमा जुवा खेलिरहेका जुवाडेहरूलाई प्रहरीले पक्राउ गरेको छ। बाराको कलैया उपमहानगरपालिका वडा नं।४ हजारी मार्केटस्थित शाह गेष्ट हाउसमा जुवा खेलिरहेको भन्ने सूचनाको आधार खटिएको प्रहरी टोलीले घेराबन्दी गरी खानतलासी गर्दा गेष्ट हाउसको २०२ नम्बर कोठाभित्र कौडा खेलिरहेको अवस्थामा पाँच जनालाई पक्राउ गरिएको बारा प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए।

जुवा खालबाट प्रहरीले नगद ३ लाख १४ हजार ३ सय ५७ रुपैयाँ र १६ थान कौडा बरामद गरेको बारा प्रहरी प्रवक्ता मिश्रले बताए। पक्राउ पर्नेमा कलैया उपमहानगरपालिका वडा नं।२५ बस्ने ४० वर्षीय भोला पटेल, वडा नं।१ बस्ने ३९ वर्षीय सुरेन्द्र साह सोनार ,वडा नं।६ बस्ने ४५ वर्षीय राजकिशोर साह, वडा नं।२७ बस्ने २७ वर्षीय मन्तोष राउत कुर्मी र महागढीमाई नगरपालिका वडा नं।१ बस्ने ५५ वर्षीय पारस चौधरी रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रतिक्रिया दिनुस