फाइल फोटोे।
नेकपा सुदूरपश्चिम प्रदेश कार्यालयमा सुरक्षाको लागी प्रहरी परिचालन गरिएको छ । नेकपा प्रस्ट रूपमा दुई समूहमा विभाजित भएपछि पार्टी कार्यालयमा तालाबन्दी गर्ने क्रम बढेपछि विवाद हुन सक्ने भन्दै प्रहरी सुरक्षाको व्यवस्था गरेको हो ।
प्रदेश कार्यालय धनगढी चटकपुरमा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा घेरा दिएको छ । मंगलबार मात्रै प्रचण्ड( माधव समूह नजिक रहेका जिल्लाका नेता कार्यकर्ताले प्रदेश र जिल्ला पार्टी कार्यालयमा तालाबन्दी गरेका थिए ।
प्रतिक्रिया दिनुस