प्रतिनिधि सभा विघटन गरेको भन्दै केपि आली सरकारका विरुद्ध प्रचण्ड–माधव समूहले शुक्रबार बिहानबाट माइतीघरमा प्रदर्शन गरिरहेका छन् । शुक्रबार बिहान साढे ९ बजेदेखि अध्यक्षद्वय पुष्पकमल दाहाल ‘प्रचण्ड’ र माधवकुमार नेपाल, वरिष्ठ नेता झलनाथ खनाल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायतले छातीमा ‘हामी यहाँ छौं’ लेखेर प्रदर्शन गरिरहेका छन् ।

 

प्रचण्ड–माधव समूहको केन्द्रीय कमिटी बैठकले नै माइतीघर, सर्वोच्च अदालत र निर्वाचन आयोगमा प्रदर्शन गर्ने तय गरेको थियो । सर्वोच्च अदालतको संवैधानिक इजलासमा शुक्रबार नै प्रतिनिधि सभा विघटनविरुद्धको रिटमा सुनुवाइ सुरु हुँदैछ ।

प्रतिक्रिया दिनुस