प्रधानमन्त्री (पीएम)कप राष्ट्रिय महिला क्रिकेट प्रतियोगिताका लागि सुदूरपश्चिमको टोली छनौट गरिएको छ । हालै सम्पन्न प्रदेशस्तरीय छनौट प्रतियोगिताबाट उत्कृष्ट प्रदर्शन गरेको आधारमा टोलीको टुंगो लगाएको सुदूरपश्चिम प्रादेशिक क्रिकेट संघले जनाएको छ ।

छनौट हुने खेलाडीमा विन्दु रावल ९कप्तान०, रुवि पोदार९उपकप्तानं०,मञ्जु बोकटी ९ंविकेटकिपर०, रितु कनौजिया,कविता जोशी,डलि भट्ट, लक्ष्मी साउँद,कविता कुँवर,दिव्या कार्की,सुनिता लुहार,दिपा जोरा,स्नेहा महरा,रेवती धामी र सम्झना खड्का रहेका छन् । यस्तै मनिषा चौधरी, शोभा रोकाया,सुधा धामी र पवित्रा धामी वैकल्पिक खेलाडीका रुपमा छनौट भएका नेपाल क्रिकेट संघका सुदूरपश्चिम सचिव तेजप्रकाश भट्टले बताए।

प्रधानमन्त्री राष्ट्रिय महिला क्रिकेट प्रतियोगिता नेपाल क्रिकेट संघ ९क्यान० को आयोजनामा पुस ११ देखि दाङको लमहीमा सुरु हुदैंछ ।
प्रतियोगितामा ८ टोली सहभागी हुने नेपाल क्रिकेट संघ ९क्यान०का अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। ८ टिमलाई दुई समूहमा विभाजना गरिएको छ । समूह ए मा विभागीय क्लब एपीएफ, प्रदेश २, कर्णाली प्रदेश र लुम्बिनि प्रदेश रहेका छन् । यसैगरी समूह बी मा सुदूरपश्चिम प्रदेश, बागमति प्रदेश, गण्डकी प्रदेश र प्रदेश नम्बर एक रहेका छन् ।

प्रतियोगिताको उद्घाटन खेलमा लुम्बिनी प्रदेश र प्रदेशनम्बर २ बीच प्रतिस्पर्धा हुँदै छ । पहिलो दिनको दोस्रो खेलमा एपीएफ र कर्णाली प्रदेशबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगिता पुस १९ सम्म सञ्चालन हुने जनाईएको छ।

प्रतिक्रिया दिनुस