फाइल।

डोटीमा कारको ठक्करबाट एक बालकको ज्यान गएको छ। धनगढीबाट सिलगढीतर्फ जादै गरेको से १ त १०९ नम्बरको निजी कारको ठक्करबाट घाइते भएका ६ वर्षीय बालक गौरव बलायरको मृत्यु भएको प्रहरीले जनाएको हो।

सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार कारको ठक्करबाट गम्भीर घाइते भएका बलायरको उपचारका क्रममा धनगढीमा मृत्यु भएको हो। कार र चालकलाई डोटी प्रहरीले नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुस