फाइल।

बैतडीमा बलात्कार मुद्दा पक्राउ गरिएको आरोपमा पक्राउ परेका सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद सहित ५ जना धरौटीमा रिहा भएका छन्। सो घटनामा एकजना भने समान्य तारेखमा रिहा भएका छन्।

जिल्ला अदालत बैतडीका श्रेष्तेदार जनक बोहराका अनुसार जिल्ला न्यायधिश तीलकबहादुर कार्कीको एकल इजलासमा बुधबार भएको थुनछेक बहसपछि ५ जना जनही ५० हजार धरौटी र एकजना समान्य तारेखमा रिहा भएका हुन्। सिगास गाउँपालिका ३ का वडा अध्यक्ष शेरसिंह साउँद, स्थानीयहरु अमरसिंह धामी, मनोजसिंह धामी, राजेन्द्रसिंह धामी र नरबहादुर धामी जनही ५० हजार धरौटी बुझाएर रिहा भएका हुन् ।

स्थानीय गोपालसिंह धामी भने समान्य तारेखमा रिहा भएका छन् । जबरजस्तीकरणी तथा सार्वजनिक न्याय विरुद्धको कसुरमा पक्राउ परेका उनीहरु रिहा भएका हुन् ।  सो घटनाका मुख्य आरोपी सिगास ३ का दीपकसिंह धामी भने फरार रहेका छन् । सिगास गाउँपालिकाकी १८ बर्षीया किशोरीमाथि गत जेठमै बलात्कार भएको भएपनि गएको महिनामात्रै सो घटना बाहिर आएको थियो ।

सो घटना बाहिर आएपछि घटना गाउँमै मिलाउन खोज्ने वडा अध्यक्ष सहितका ६ जनालाई प्रहरीले पक्राउ गरेर मुद्दा दायर गरेको थियो । पीडितका आफन्तलाई एकतोला सुन दिने भन्दै घटना गाउँमै मिलाउन खोजिएको र पछि पीडितलाई सुन नदिएपछि घटना बाहिर आएको बुझिएको छ । बलात्कारका मुख्य आरोपीका नाममा पक्राउ पूर्जी जारी समेत जारी भईसकेको छ ।

प्रतिक्रिया दिनुस