सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा थप ४९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। शुक्रबार अस्पताल प्रयोगशालामा २ सय ६२ जनाको परीक्षण गर्दा कञ्चनपुरका १६ सहित थप ४९ जनामा संक्रमण पुष्टि भएको हो।

संक्रमण पुष्टि हुनेमा दोधाराचाँदनी नगरपालिकाका ८ जना, वेदकोट नगरपालिकाका ५ जना, र भीमदत्त नगरपालिकाका ३ जना रहेका छन्। अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उपमहानगरपालिकाका १५ जना, गौरीगंगा नगरपालिकाका १२ जना रगोदावरी नगरपालिकाका ४ जनामा पनि संक्रमण पुष्टि छ। यस्तै बझाङका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुस