प्रधानमन्त्री केपी शर्मा ओलीले आज शुक्रबार साँझ ६ बजेकालागि मन्त्रिपरिषद बैठक बोलाएका छन्। आज नयाँ मन्त्री थपिने सम्भावना रहेको बालुवाटार स्रोतले बताएको छ। यसअघि पुस ५ गते आइतबार सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा विघटन गर्नुभएपछि सरकारका सात जना मन्त्रीहरुले असन्तुष्टि जनाउँदै सामुहिक राजिनामा दिएका थिए ।

खाली रहेको सो ठाउँमा नयाँ अनुहार मन्त्री बन्न लागेको बताइएको छ। आज थपिने मन्त्रीहरुमा नेता टोपबहादुर रायमाझीको नाम सबैभन्दा अग्रपङ्तिमा रहेको बताइएको छ । बालुवाटार स्रोतकाअनुसार आज नयाँ मन्त्रीहरु थपिने सम्भावना छ तर नाममा टुङ्गो लागिसकेको छैन । त्यसको गृहकार्य भइरहेको प्रधानमन्त्रीका प्रेस विज्ञ रामशरण बजगाईले बताए। “प्रधानमन्त्रीले आफ्नो मन्त्रिपरिषदलाई पूर्ण बनाउनु सामान्य कुरा हो, यसलाई त्यहीरुपमा बुझिनुपर्छ” उनले भने। गोरखापत्रबाट

प्रतिक्रिया दिनुस