सुदूरपश्चिम प्रदेशका ३ नेता एकै दिन मन्त्री बनेका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को हेरफेर गरेर बिस्तार गरेका छन् । पुनर्गठित मन्त्रिपरिषद्मा सुदूरपश्चिम प्रदेशका ३ नेताले मन्त्रालयको जिम्मेवारी पाएका हुन्।

डोटीबाट निर्वाचित प्रेम आले वन मन्त्री भएका छन् । दार्चुलाबाट निर्वाचित गणेश ठगुन्ना सामान्य प्रशासन मन्त्री र कैलालीबाट निर्वाचित गौरी शङ्कर चौधरी श्रम मन्त्री भएका छन् । चौधरीलाई खानेपानी मन्त्री बनाउने चर्चा चले पनि अन्तिममा उनले श्रम मन्त्रालयको जिम्मेवारी पाएका हुन् । केही मन्त्रालयहरू हेरफेर भएका छन् । हेरफेरमा युवा तथा खेलकुद मन्त्री जगत विश्वकर्मा र उद्योग राज्यमन्त्री मोती दुगड बिदा भएका छन् ।
पुनर्गठित मन्त्रिपरिषद्मा टोपवहादुर रायमाझी ऊर्जा मन्त्री भएका छन् । त्यस्तै मणी थापा खानेपानी, प्रभु साह सहरी विकास मन्त्री भएका छन् भने दावा लामा युवा तथा खेलकुद मन्त्री भएका छन् ।

जुली कुमारी महतो महिला बालबालिका मन्त्री भएकी छन् भने विमला विश्वकर्मा उद्योग राज्यमन्त्री बनेकी छन् ।

आज थपिएका मन्त्री

टोपबहादुर रायमाझी (ऊर्जा, जलस्रोत तथा सिंचाई०
प्रभु साह (शहरी विकास)
गौरीशंकर चौधरी (श्रम तथा रोजगार)
गणेश ठगुन्ना (सामान्य प्रशासन तथा संघीय मामिला)
मणि थापा (खानेपानी तथा सरसफाई)
दाबा लामा (युवा तथा खेलकूद)
प्रेम आले (वन तथा वातावरण)
विमला विश्वकर्मा (उद्योग राज्यमन्त्री)

प्रतिक्रिया दिनुस