सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा थप ५० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। पछिल्लो २४ घण्टामा २८१ नमुनाका परीक्षण गर्दा धनगढीका २७ सहित थप ५० जनामा संक्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार दोधाराचांदनीका ४ जना, भिमदत्तनगरका ३ जना,कृष्णपुर र पुनर्वासका १र१ जना गरी कञ्चनपुरका ९ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै कैलालीको धनगढीका २७ जना, गोदावरीका ७ जना, घोडाघोडी र टीकापुरका ३र३ जना, स्थानीय तह नखुलेका १ जना गरी कैलालीका ४१ जनामा संक्रमण पुष्टि भएको हो। संक्रमित ८ महिला र ४२ पुरुष रहेका छन् ।

प्रतिक्रिया दिनुस