आइतबार सुदूरपश्चिम प्रदेशका ५ वटा प्रयोगशालामा ३ सय ४३ को नमूना परीक्षण गर्दा थप ६२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।सेती प्रादेशिक अस्पताल, डडेल्धुरा अस्पताल, जिल्ला अस्पताल बझाङ र अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा पछिल्लो २४ घण्टामा ३ सय ४३ जनाको नमुना परिक्षण गर्दा थप ६२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए।

सेती प्रादेशिक अस्पताल प्रयोगशालामा २ सय ९१ जनाको नमूना परीक्षण गर्दा ५६ जना, जिल्ला अस्पताल बझाङको प्रयोगशालामा ३३ जनाको नमुना परिक्षण गर्दा ५ जनामा, अछामको कमलबजार नगरपालिकाको प्रयोगशालामा १९ जनाको नमुना परिक्षण गर्दा १ जनामा कोरोना संक्रमण पुष्टि भएको उनले बताए। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा आज कैलालीका ३३ जनामा संक्रमण पुष्टि भएको सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले बताए।

धनगढी उपमहानगरपालिकाका १५ जना, गोदावरी नगरपालिकाका ९ जना, गौरीगंगा नगरपालिकाका ६ जना, घोघोडी नगरपालिका, टीकापुर नगरपालिका र कैलाली गाउँपालिकाका १र१ जनामा समेत संक्रमण पुष्टि भएको छ। यस्तै कञ्चनपुरको भीमदत्त नगरपालिकाका ११ जना, बेलौरी नगरपालिकाका ७ जना, वेदकोट नगरपालिकाका २ जना, लालझाडी गाउँपालिका, कृष्णपुर नगरपालिका र ठेगाना नखुलेका १र१ जनामा संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।

यो सँगै सुदूरपश्चिममा कोरोना संक्रमितको संख्या १३ हजार ७ सय पुगेको छ। प्रदेशभर संक्रमण पुष्टि भएका १० हजार ७ सय ६७ जनाले कोरोना जितेका छन् भने ७० जनाको मृत्यु भएको छ।

प्रतिक्रिया दिनुस