महेन्द्रनगरमा १० दिने उद्यमशीलता तालिमको समापन भएको छ। ‘सिप सिकौँ स्वरोजगार बनौँ’ भन्ने नाराका साथ पुस ४ गते देखी सुरु भएको उद्यमशीलता तथा वित्तीय साक्षरता विकास तालिम मंगलबार समापन भएको हो।
रोजगार सूचना केन्द्र धनगढीको आयोजनामा सञ्चालित १० दिने रोजगार तथा आत्मनिर्भर तालिमको मंगलबार एक कार्यक्रमका बिच समापन गरिएको कार्यक्रमका सभापति तथा रोजगार सूचना केन्द्र धनगढीका प्रमुख चम्पा जोशीले जानकारी दिइन्। कार्यक्रमका प्रमुख अतिथि जिल्ला समन्वय समिति कञ्चनपुरका प्रमुख फैरु तामाङ रहेका थिए।
No description available.
अतिथिमा समन्वय समितिका उपप्रमुख सानुमाया थापा मगर, उद्योग वाणिज्य सङ्घका वरिष्ठ उपाध्यक्ष पिताम्बर जोशी लगायतको सहभागिता रहेको कार्यक्रम सञ्चालक तथा रोजगार सूचना केन्द्र धनगढीका जनक भट्टले जानकारी दिए। १० दिने रोजगारमूलक तालिम २८ जनाले लिएको भट्टले जानकारी दिए।
No description available.
व्यवसाय सञ्चालन गरी आत्मनिर्भर बनौँ भन्ने लक्ष्यका साथ उक्त तालिम सञ्चालनमा ल्याइएको रोजगार सूचना केन्द्र धनगढीकी प्रमुख जोशीले जानकारी दिइन्। उनले भनिन्–‘ ग्रामीण तथा सहरी क्षेत्रका जनतामा सुषुप्त अवस्थामा रहेका उद्यमशील व्यक्तित्व विकास गरी लघु घरेलु तथा साना व्यवसाय गर्न सरिक गराउने उद्देश्यले तालीम सञ्चालनमा ल्याएका हौ।’
No description available.
स्थानीय श्रोत साधन र सिपको प्रयोगमा आधारित व्यवसाय सञ्चालन गरी आत्मनिर्भरता बढाइ स्वरोजगार हुन प्रेरित गरी रोजगारीको अवसर सृजना गर्ने उनले बताइन्।
No description available.
प्रतिक्रिया दिनुस