पछिल्लो २४ घण्टामा थप ७ जना कोरोना संक्रमितको मृत्यु भएको छ।

यो सँगै कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ हजार ८३२ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। गत २४ घण्टामा ५ हजार ५ सय ७८ जनाको पीसीर परीक्षण भएको छ। आज ६ सय ५९ जना संक्रमित थपिएका छन् । योसंगै नेपालमा कुल संक्रमितको सख्या २ लाख ५८ हजार ८ सय ४० पुगेको आज स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

त्यस्तै पछिल्लो २४ घाण्टामा ७ सय १८ जना कोरोना संक्रमणमुक्त भएका छन् । आजसम्म २ लाख ५० हजार ५ सय ८१ जना संक्रमणमुक्त भएको स्वास्थ्य मन्त्रालयले जारी गरेको विज्ञप्तीमा उल्लेख छ ।

प्रतिक्रिया दिनुस