प्रधानमन्त्री केपी शर्मा ओलीले संसद विघटनपछि गरेको मन्त्रिपरिषद विस्तारविरुद्धको रिटमा सुनुवाई सरेको छ।

न्यायाधीश ईश्वर खतिवडाको इजलाशमा रहेको मुद्दा हेर्न नभ्याउने हुँदै सुनुवाई सरेको हो। फुलकोर्टको बैठक भएकाले एकल इजलाशले पाँच थान मुद्दाको मात्र सुनुवाई गरेको छ।

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीसहितले दुई थान निवेदन दर्ता गराएका थिए। मंगलबार सरेको पेशी अर्को दिन फेरि तोकिनेछ।

प्रतिक्रिया दिनुस