सुदूरपश्चिमका थप ४७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। सेती प्रादेशिक अस्पताल प्रयोगशालामा बधबार १ सय ८४ नमूना परीक्षण गर्दा भीमदत्त नगरपालिकाका ४ जना, कृष्णपुर नगरपालिका, पुनर्वास नगरपालिका, शुक्लाफाँटा नगरपालिकाका १–१ जनामा संक्रमण पुष्टि भएको हो।

अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठका अनुसार कैलालीको धनगढी उप–महानगरपालिकाका ३४ जना, लम्किचुहा नगरपालिकाका ४ जना र गौरीगंगा नगरपालिकाका १ जनामा समेत संक्रमण पुष्टि भएको छ। त्यस्तै डोटीका १ जनामा पनि संक्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुस