सुदूर पश्चिमाञ्चल विश्वविद्यालयले सुचारु गरेको अनलाइन परीक्षा सम्पन्न भएको छ। विश्वविद्यालयले गत असोज तेस्रो साता बाट ‘ओपन बुक ओपन श्रोत’ विधि मार्फत तिन चरणमा गरी लिएको जाँच बुधवार सम्पन्न भएको हो।
अन्तिम चरण अन्तर्गत बिबिएस प्रथम र दृतिय चरणका परीक्षा बुधवार सम्पन्न भएको परीक्षा नियन्त्रक देव सिह नाथले जानकारी दिए। उनले यस वर्ष १२ हजार बढी परीक्षार्थी परीक्षामा सरिक भएको बताए। जसमध्ये केही अनुपस्थित रहेको उनले बताए। उनले भने,–‘९९ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी रहे।’
प्रतिक्रिया दिनुस