भूवन भट्ट-१५, पुष–सुदूरपश्चिमाञ्चल विश्वविद्यालयले स्थापना कालको चौथौँ ब्याचमा अनलाइन विधि मार्फत परीक्षार्थीको जाँच लिएको छ। कोरोना महामारी बाट सर्तकर्ता अपनाउँदै विश्वविद्यालयले ‘खुला बुक, खुला पुस्तक’ विधि अवलम्बन गर्दे गत असोज तेस्रो साताबाट सुरु गरेको अनलाइन जाँच बुधवार सम्पन्न भएको हो।
अन्तिम चरणको स्नातक तहका विबिएस दोस्रो र प्रथम वर्षका परीक्षा आज सम्पन्न भएको परीक्षा नियन्त्रक देवसिंह नाथले जानकारी दिए। उनले यस वर्ष आंशिक र नियमित तर्फका गरी १२ हजार बढी परीक्षार्थीले अनलाइन मार्फत जाँच दिएको बताए। जसमध्ये केही अनुपस्थित रहेको उनले बताए। उनले भने,–‘९९ प्रतिशत विद्यार्थी परीक्षामा सहभागी रहे।’ ‘‘ओपन बुक, ओपन श्रोत’ विधिको विषयमा जाँच लिन पूर्व नै परीक्षार्थीहरुलाइ जानकारी गराएका थियौ।’ उनले भने,–‘विद्यार्थीहरू सजिलै सहभागी भई जाँच दिए।’
विश्वविद्यालयले अवलम्बन गरेको ‘ओपन बुक ओपन श्रोत’ विधिले कस्तो रहला त नतिजा ! आम चासोको विषय पनि बनेको छ।
तर परीक्षार्थीहरुले भने एकदमै नयाँ र श्रोत खोज्ने विधिका रूपमा परीक्षामा सहभागी हुन पाउँदा नयाँ अभ्यास भएको बताएका छन्।
‘यस अघिका वर्षमा विश्वविद्यालयमै परीक्षादिदा पुस्तक भित्रको ज्ञान मात्रै हासिल गर्ने गरेका थियौ।’ बिए चौथो सेमिष्टरका माधव अवस्थीले भने,–‘यस वर्ष बाह्य कुरा र प्रस्नपत्रमा सोधिएका जवाफ लेख्न उत्तर पुस्तीका बाट मौलिकता लाई प्राथमिकता राखियो।’ उनले भने,–‘यो हाम्रो लागी नयाँ अभ्यास पनि भएको छ।
विश्वविद्यालयले शैक्षिक शस्त्र खेर नफाली उपयुक्त विधि अवलम्बन गर्दे जाँचमा सरिक गराएको भन्दै उनले हर्ष व्यक्त गरे।
तर परीक्षार्थीहरुले भने नजिता कस्तो आउला भन्ने औधी मात्रामा आकलन गरिएको बताउँछन्।
‘‘प्रश्न पत्रमा सोधिएका जवाफ उत्तर पुस्तीका र अनुभवका आधारमा जवाफ पठाइयो।’ ‘बिबिएस चौथो वर्षकी निर्मला भट्टले भनिन्–परीक्षाफल आङ्कलन सजिलै गर्न सकिने परिस्थिति रहेको छ।’ उनले सोधिएको जवाफ खोजेर उल्लेख गरेकाले नजिता सोचेअनुरूप नै नरहला भन्न नसकिने  बताइन्।
उनले भनिन्,–‘जवाफ खोजेर उल्लेख गरिएकाले विगतको तुलनामा यस वर्षको नजिता उल्लेखनीय मात्रामा प्रगति योग्य रहला।’
जानकारहरूका अनुसार उक्त विधि नवीनतम विधि पनि भएको ठहर गरिएको छ। तर विश्वविद्यालयले यस वर्ष कोरोना महामारीका कारण भयावह हुन नदिन पहिलो पटक अवलम्बन गरेको उक्त विधिले विद्यार्थीहरूमा आएको नौलो पना र हताश प्रवृत्तिले नजिता सुधारोन्मुख रहला की नरहला भन्ने जटिलता थपी दिएको छ।
तर परीक्षा नियन्त्रक नाथले भने विद्यार्थीको नजिता सुधारोन्मुख रहने बताए। तर परीक्षार्थीहरुले हुबहु समेत सारेको पाइएको उनले बताए। त्यस्तो अवस्थामा भने प्राप्ताङ्क चढाउँदा ख्याल गरिने उनले बताए।
एकातिर विश्वविद्यालयले अवलम्बन गरेको ‘ओपन बुक ओपन श्रोत’ विधि वर्तमान परिवेशमा उपयुक्त भएको विश्वविद्यालयको ठहर छ। सुदूरपश्चिमाञ्चल विश्वविद्यालयका उपकुलपति प्राडा अमर राज जोशीले विगतका भन्दा यो विधि झनै उपयुक्त रहेको बताए। यस विधिले विद्यार्थीले के ज्ञान प्राप्त गरे र उनको अवचेतनमा कति विकास भयो भन्ने स्ष्टहुने बताए।
उनले भने,–‘ यस अघि शिक्षकले पहिला नै रणनीति बनाएर सीमित दायरामा विद्यार्थीको निगरानी गर्ने गरेका थिए।, तर यस विधिले विद्यार्थीहरूको आन्तरिक र खोजमा आधारित क्षमता बाहिर ल्याउनमा सहयोग पु¥याएको छ।’
उपकुलपति प्राडा जोशीले नतिजामा भने खास्सै फरक नपर्ने बताए। तर उनले विगतका वर्ष भन्दा केही सुधारोन्मुख नजिता रहने आङ्कलन गरिएको कालापानी खबरलाई जानकारी दिए। उनले परीक्षार्थीको नजिता छिट्टै प्रकाशित गरिने बताए।
प्रतिक्रिया दिनुस