प्रधानमन्त्री एवं नेकपा अध्यक्ष केपी शर्मा ओलीले सुदूरपश्चिम प्रदेश अब पछाडि नपर्ने बताएका छन्। बुधबार बबरमहलस्थित कार्की ब्यांक्वेटमा आयोजना गरेको आफ्नो समूहका सुदूरपश्चिम प्रदेश स्तरीय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले चार मन्त्रीलाई देखाउँदै सुदूरपश्चिम प्रदेश मन्त्रीहरुको धनी प्रदेश भएको बताएका हुन्।

मञ्जमा सुदूरपश्चिमबाट प्रतिनिधित्व गर्ने संघीय सरकारका चार मन्त्रीहरु लेखराज भट्ट, गौरीशंकर चौधरी, गणेश ठगुन्ना र प्रेम आले थिए। ‘सुदूरपश्चिम अब पछाडि पर्दैन, मैले सुदूरका ४ जना मन्त्री बनाएको छु । यो अवस्था ल्याउन केही मान्छे यात्राको डुंगा चड्न मान्नु भएन छुट्नु भयो।’ ओलीले भने । उनले डुंगा रोक्न नेताहरूले नसकेको भन्दै समय, गति र अग्रगमनको डुंगा अगाडि बढेको बताएका छन्।

प्रतिक्रिया दिनुस