महेन्द्रनगरमा अवैध काठसहित अटोरिक्सा चालक पक्राउ परेका छन्। भीमदत्त नगरपालिका–१८ बाट प्रहरीले म१ह ४८९ नम्बरको अटोरिक्सामा अवैध काठ ओसारपसारमा संलग्न १८ वर्षीय गोविन्द सार्कीलाई प्रहरीले पक्राउ गरेको हो।

अटोरिक्सामा अवैध काठ ओसारपसार भइराखेको विशेष सूचनाका आधारमा प्रहरीले सालका ३ वटा गोलिया ९७।३९ क्यूविक फुट० सहित सार्कीलाई पक्राउ गरीएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं डिएसपी अमर बहादुर थापाले जानकारी दिए। अटोरिक्सामा काठसहित पक्राउ परेका सार्कीलाई आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुरमा पठाइएको डिएसपी थापा क्षेत्रीले बताए।

प्रतिक्रिया दिनुस