महाकाली अस्पतालमा आकस्मिकबाहेकका शल्यक्रिया सेवा बन्द गरिएको छ।
अस्पतालको शल्यक्रिया कक्षमा कार्यरत स्वास्थ्यकर्मीमा कोरोनाको संक्रमण देखिएपछि अस्पतालका आकस्मिकबाहेकका शल्यक्रिया सेवा बन्द गरिएको हो। अस्पतालका प्रमुख डा।हरिकुमार श्रेष्ठका अनुसार अस्पतालको शल्यक्रिया कक्ष सेनिटाइज गर्नुपर्ने भएकाले एक दिनका लागि सेवा बन्द गरिएको छ।
प्रतिक्रिया दिनुस