कमरेड सौरभ
जनताहरू तिम्रै नेता बदमास भयो भन्छन्।
तिम्रै नेता बादशाहकै दास बन्यो भन्छन्।
बिचार, दर्शन, दृष्टिकोण र वर्ग भुलेपछि,
मालिक देख्दा लम्पसार दास बन्यो भन्छन्।।
देश लुटी लाज पचाइ, घुम्टो ओडे पछि,
घोटालाको, भागबन्डाको लडाइ चल्यो भन्छन्।
चारै तिर प्रजाले त दुः ख पाएपछि,
दलाल शासन विरुद्धमा जुट्नुपर्छ भन्छन्।।
स्वाभिमान र स्वतन्त्रता सबै गिरेपछि,
रगत चुस्ने जुकाहरू सबै पन्छ्याऊ भन्छन्।।
प्रतिक्रिया दिनुस