सुदुपश्चिम प्रदेश प्रधानमन्त्री कप राष्ट्रिय महिला क्रिकटेको सेमिफाइनलमा प्रवेश गरेको छ । दाङको लमहीमा बिहीबार भएको खेलमा सुदुरपश्चिमले बागमती प्रदेशलाई २८ रनले हराउँदै सेमिफाइनलमा पुगेको हो । स्पिनर कविता जोशीले ह्याट्रिक सहित पाँच विकेट लिएपछि सुदुरपश्चिमले बागमतीलाई सहज रूपमा हराउन सफल भयो । जितका लागि ७७ रनको विजयी लक्ष्य पछ्याएको बागमती निर्धारित ११ ओभरमा ९ विकेट गुमाउँदै ४८ रन मात्र बनाउन सक्यो । त्यसअघि ब्याटिङ गरेको सुदूरपश्चिमले निर्धारित ११ ओभरमा ४ विकेट गुमाउँदै ७६ रन बनाएको थियो ।

योसँगै समूह ‘बी’ बाट सेमिफाइनल प्रवेश गर्ने टिमको टुङ्गो लागेको छ । प्रदेश १ र सुदूरपश्चिम समूह ‘बी’ बाट सेमिफाइनलमा पुगेका छन । सेमिफाइनल पुस १८ र फाइनल १९ मा हुनेछ।

प्रतिक्रिया दिनुस