सेती प्रादेशीक अस्पतालको प्रयोगशालामा गरीएको परीक्षणमा थप ४८ जनामा सङ्क्रमण पुष्टि भएको छ । बिहीबार सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा २ सय ४६ नमुना परीक्षण गर्दा ४८ जनामा सङ्क्रमण पुष्टि भएको अस्पतालका सूचना अधिकारी दिलीप कुमार श्रेष्ठले जानकारी दिए।

उनका अनुसार कञ्चनपुरको भिमदत्तनगरकाका ४, जना बेदकोट, र दोधारा चाँदनीका ३र३ र बेल्डाँडीका १ जना गरी ११ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै कैलालीको धनगढीका १६ जना,गोदावरीका १० जना र ,गौरीगंगाका २ गरी कैलालीका २८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै बाजुराका ८ र डडेल्धराका १ जनामा सङ्क्रमण पुष्टि भएको सूचना अधिकारी श्रेष्ठले बताए। सङ्क्रमितहरूमा २९ पुरुष र १९ महिला छन् ।

प्रतिक्रिया दिनुस