बैतडीको सुर्नया गाउँपालिकाका अध्यक्ष बीरबहादुर बिष्टलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। गाउँपालिकाका इन्जिनियरमा कोरोना पुष्टि भएपछि कन्ट्याक्ट ट्रेसिङ गरेर स्वाब संकलन गरिएको थियो। जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनमा पनि कोरोना पुष्टि भएको हो ।

कोरोना पुष्टि भएका अध्यक्ष बिष्टको स्वास्थ्य अवस्था समान्य रहेको छ।
आफूमा कोरोना पुष्टि भएपछि आफ्नो सम्पर्कमा रहेकाहरुलाई कोरोना परीक्षण गर्न पनि अध्यक्ष बिष्टले आग्रह समेत गरेका छन्।

प्रतिक्रिया दिनुस