कञ्चनपुरमा अवैध काठसहित ३ जना पक्राउ परेका छन्। गए राति जिल्लाको भीमदत्त नगरपालिका–१८ मामाभान्जा चोकबाट ओसारपसार भइरहेका अन्दाजी १३.७४ क्यूफिटको ११ गोलिया काठसहित ३ जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

गोरु गाडामा काठ ओसारपसार गरिरहेको अवस्थामा सोही नगरपालिको वडा नम्बर १८ का ३७ वर्षीय रमेश चौधरी, २४ वर्षीय कृष्ण चौधरी र ३५ वर्षीय जयराम चौधरीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक अमरबहादुर थापा क्षेत्रीले बताए।

पक्राउ परेका अभियुक्त र बरामद काठ आवश्यक कारवाहीका लागि डिभिजन वन कार्यालय कञ्चनपुर पठाइएको उनले बताए।

प्रतिक्रिया दिनुस