पुष १७, महेन्द्रनगर– सहकारीका सदस्य सेवाग्राहीका लागी कञ्चनपुरमा उदयदेव बहुउदेश्यीय सहकारी संस्थाले मोबाइल बैङ्किङ सेवा सञ्चालनमा ल्याएको छ। शुक्रवार संस्थाले आयोजित पत्रकार सम्मेलनमा मोबाइल बैकींङ्क एपको शुभारम्भ गरिएको हो।
उदयदेव बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष पूर्ण बहादुर चन्दले सहकारीका सदस्य र सेवाग्राहीका लागी यस पटक मोबाइल बैङ्किङ एप सञ्चालनमा ल्याइएको जानकारी दिए।
उनले भने,–‘सदरमुकाम भन्दा टाढाका शाखाहरू र सेवाग्राहीको आवश्यकतालाई मध्यनजर गर्दे मोबाइल बैङ्किङ एप सञ्चालनमा ल्याएका हौ।’
शुक्रवार नेपाल पत्रकार महासंघ कञ्चनपुर शाखाका सहसचिव मोहन विष्ट र अध्यक्ष चन्दले ‘उदयदेव स्मार्ट एप’को उद्घाटन गरे। वरिष्ठ पत्रकार एवं कार्यक्रमका सञ्चालक चित्राङ्क थापाले उदयदेव सहकारी संस्थाले मोबाइल बैङ्किङ सञ्चालनमा ल्याउँदै सेवाग्राहीहरूलाई थप सहजता प्रदान गरेको बताए।
अहिले कञ्चनपुरमा विभिन्न ५ स्थानमा शाखा विस्तार गरेको संस्थाले चालु महिना भित्रै धनगढी र अत्तरियामा पनि शाखा कार्यालय सञ्चालनमा ल्याउने तयारी गरिएको अध्यक्ष चन्दले जानकारी दिए।