सेती प्रादेशिक अस्पताल प्रयोगशाला परीक्षणमा थप ३० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शुक्रबार २०२ नमूनाको परीक्षण गर्दा कञ्चनपुरका ८ सहित थप ३० जनामा संक्रमण पुष्टि भएको हो।

सेती प्रादेशीक अस्पतालका सूचना अधिकारी दिलिप कुमार श्रेष्ठका अनुसार भीमदत्तनगरपालिकाका ५ र शुक्लाफाँटा नगरपालिकाका ३ जना रहेका छन्। कैलालीको गोदावारीका ३, घोडाघोडीका १ र धनगढीका १३ गरी कैलालीका १७ जनामा पनि संक्रमण पुष्टिभएको छ।

त्यस्तै दार्चुलाका २ जना, डडेलधुरा, बैतडी र बझाङका १र१ जनामा संक्रमण पुष्टि भएको श्रेष्ठले बताए।

प्रतिक्रिया दिनुस