कञ्चनपुरको पुर्नवासन नगरपालिकाकी ७१ वर्षीया खण्टी भुलको हत्या अभियोगमा प्रहरीले ३ जनालाइ नियन्त्रणमा लिएको छ। गत आइतबार दिउँसो खण्डी भुलको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरभित्रै शव फेला परेको थियो। उनको हत्या अभियोगमा पुर्नवासका अन्दाजी ४८ वर्षीय दलबहादुर बिक सहित ३ जनालाइ नियन्त्रणमा लिइएको प्रहरीश्रोतले जानकारी दिएको हो।

यदपी प्रहरी प्रवक्ता एवंम् डिएसपी अमरबहादुर थापाले भने बृद्धको हत्यामा संलग्न सबैलाइ छिट्टै सार्वजनिक गरीने बताए। उनले बिक सहितका ३ जनाले बृद्धको हत्या गरी गरहना लुटेको खुल्नमा आएको बताए। घटनाको थप अनुसन्धान भइरहेको डिएसपी थापाले बताए।
पक्राउ परेका बिक पूर्व माओवादी कार्यकर्ता भएको प्रहरी स्रोत बताउँछ। बिकले बृद्धाको हत्या गरि लुटेका गरगहना समेत बरामद गरिएको बताइएको छ भने केही राउण्ड गोली समेत बरामद गरिएको छ।

गत आइतबार दिउँसो खण्डी भुलको टाउको र अनुहारमा धारिलो हतियार प्रयोग गरी हत्या गरेको अवस्थामा घरभित्रै शव फेला परेको थियो। मृतक वृद्धा घरमा एक्लै बस्दै आएकी थिइन्। उनका छोरा मजदुरीका लागि भारतको मुम्बईमा रहेको, बुहारी र नातिनी धनगढीमा बस्ने गरेको बताइएको छ । पारिवारिक स्रोतका अनुसार मृतक भुलले नाक, कान र घाँटीमा करिब ३ तोला जतिका सुनका गरगहना लगाएकी थिइन्।

प्रतिक्रिया दिनुस