प्रधानमन्त्री कप महिला राष्ट्रिय क्रिकेटमा आज सेमिफाइनलको खेल हुँदै छ । आठ टिम सहभागी यस प्रतियोगितामा विभागीय क्लब एपीएफ, प्रदेश एक, लुम्बिनी र सुदूरपश्चिम सेमिफाइनलमा पुगेका छन् । दाङको लमहीमा आज हुने पहिलो खेलमा समूह ए को विजेताको हैसियतले एपीएफले समूह बीको उप विजेता सुदूरपश्चिमसँग प्रतिस्पर्धा गर्ने छ । यसैगरी दिउँसो हुने अर्को खेलमा समूह बीको विजेता प्रदेश एकले समूह ए को उप विजेता लुम्बिनीसँग प्रतिस्पर्धा गर्ने छ । पहिलो खेल विहान साढे ९ तथा दोस्रो खेल दिउँसो सवा एक बजेदेखि शुरुहुने छ ।

एपिएफ तीनै खेलमा अपराजित रहँदै सेमिफाइनलमा पुगेको थियो । पहिलो खेलमा कर्णालीलाई २ सय ४ रनले हराएको एपिएफले दोस्रो खेलमा प्रदेश नम्बर २ लाई ८ विकेट र लुम्बिनीलाई ६१ रनले पराजित गरेको थियो । लुम्बिनीले पहिलो खेलमा प्रदेश २ र कर्णालीलाई ९–९ विकेटले पराजित गर्दा एपिएफसँग ६१ रनले पराजित हुन पुगेको थियो । प्रदेश १ ले बागमतीलाई ४६ रन, सुदूरपश्चिमलाई ५ विकेट र गण्डकीलाई १ सय ४० रनले हराएको थियो । सुदूरपश्चिम ३ खेलमा २ मा जित र १ मा हार सहित दोस्रो स्थानमा रह्यो । सुदूरपश्चिमले पहिलो खेलमा गण्डकीलाई ५९ रन र प्रदेश १ सँग ५ विकेटले पराजित हुँदा बागमतीलाई २८ रनले हराएको थियो ।

आजको विजेता टिमले आइतबार उपाधिका लागि प्रतिस्पर्धा गर्ने नेपाल क्रिकेट संघका अध्यक्ष चतुरबहादुर चन्दले जानकारी दिए। राष्ट्रिय खेलकुद परिषद् राखेपको आयोजना तथा नेपाल क्रिकेट संघ क्यानको प्रादेशिक संरचना लुम्बिनी प्रदेशको व्यवस्थापनमा भएको प्रतियोगिताको विजेताले नगद ५ लाख प्राप्त गर्ने छ । उप विजेताले तीन लाखमा चित्त बुझाउँदा सेमिफाइनलमा पराजित हुने दुई टिमले २५–२५ हजार प्राप्त गर्ने छन् । विधागततर्फ सर्वोत्कृष्ट खेलाडी ९प्लेयर अफ द टुर्नामेन्ट० ले २१ हजार, उत्कृष्ट ब्याटरले १० हजार र उत्कृष्ट बलरले ५ हजार प्राप्त गर्ने छन् ।

प्रतिक्रिया दिनुस