कञ्चनपुरको शुक्लाफाँटा नगरपालिकाका अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने भएको छ । नगरपालिकाले एक सूचना जारी गर्दै आइतबार ९१९गते०देखि एक हप्तासम्मका लागि अत्यावश्यक बाहेकका सबै सेवा बन्द गरिने जनाएको हो ।

सो नगरपालिकाको कार्यालय र मातहतका शाखामा कार्यररत केही कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएकाले सेवा बन्द गरिने बताइएको छ । तर फोहोरमैला व्यवस्थापन, एम्बुलेन्स, दमकल सेवा, टेण्डर सम्बन्धी कार्य, प्रकाशित विज्ञापन बमोजिम उम्मेदवारको दरखास्त बुझ्ने कार्य सुचारू नै रहने जनाइएको छ ।

प्रतिक्रिया दिनुस