पुष १८–कञ्चनपुरमा ७१ वर्षीया बुद्धाको हत्या प्रकरणमा प्रहरीले एक जना सार्वजनिक गरेको छ। जिल्लाको पुर्नवास नगरपालिका -१ ढक्काकी खण्टी भुलको धारिलो हतियार प्रहार गरी गरगहना लुटपाट गरेको भन्दै कञ्चनपुर प्रहरीले लालझाँडी गाउँपालिका –६ चानदेब बस्ने दल बहादुर विकलाई सार्वजनिक गरेको हो।
शनिवार पत्रकार सम्मेलनको आयोजना गर्दे जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले विकले नै बृद्धाको धारिलो हतियार प्रहार पछि गरगहना लगेको खुल्नमा आएको जनाएको छ। तर बिक मात्रै उक्त हत्या प्रकरणमा सरिक नरहेको कञ्चनपुर प्रहरीको ठम्याइ छ। बिक सहितका अन्य २ जनामाथि थप अनुसन्धान भइरहेको कञ्चनपुरका प्रवक्ता एवं डिएसपी अमर बहादुर थापा क्षेत्रीले जानकारी दिए।
एसपी मुकुन्द मरासैनीको नेतृत्वमा गठित छानबिन समितिले थप व्यक्ति उपर निगरानी बढाइएको जनाइएको छ। पक्राउ परेका विकमाथि कानुन बमोजिम कारबाही अगाडी बढाइएको डिएसपी थापा क्षेत्रीले जानकारी दिए।
विकले गत आइतबार राति घरमा एक्लै बसेको मौका छोपी धारिलो हतियारले मुख, टाउको र अनुहारमा प्रहार गरी बृद्धाको हत्या गरी सुनको २ थान मुन्द्रा, एक थान तिलहरी लगेको प्रहरीले अनुसन्धानका क्रममा खुल्नमा आएको जनाएको छ। बिकको घरमा अनुसन्धान गरिँदा उक्त गरगहना र बासुलो १ थान लगायतका सामाग्री समेत प्रहरीले बरामद गरेको छ।
प्रतिक्रिया दिनुस