नेकपा सुदूरपश्चिम संसदीय दलको बैठकले प्रधानमन्त्री ओलीको कदम अंवैधानिक भएको भन्दै त्यसको विरोध गर्ने निर्णय गरेको छ। शनिबार संसदीय दलको कार्यालमा बसेको बैठकले प्रतिनिधि सभा विघटन गर्नु असंवैधानिक रहेको ठहर गर्दै विरोध गर्ने निर्णय गरेको हो।

प्रदेश इन्चार्ज भीम रावलको उपस्थितिमा बसेको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दृढतापूर्वक समर्थन जनाउने र बहुमत सदस्य रहेको प्रचण्ड–नेपाल पक्ष नै आधिरिक नेकपा रहेको र त्यसलाई समर्थन गर्ने निर्णय गरेको बैठक पनि निकालिएको प्रेस वक्तव्यमा उल्लेख छ।

बैठकमा ओली पक्षका चार जनाको उपस्थिति रहेको भएपनि उनीहरुले भने निर्णयमा हस्ताक्षर नगरेको श्रोतले जनाएको छ।

प्रतिक्रिया दिनुस