कमरेड सौरभ (आलेख)
जनताले भोट दिएर पठाएका प्रतिनिधिहरूले झुट बोलेर जनताको घरदैलोमा गई भोट मागेको अवस्था थियो। जनताले भोट दिएर दुई तिहाइ बहुमतको सरकार पनि बन्यो। यही बेलामा हामी क्रान्तिकारीहरुले राष्ट्रियता, जनजीविका, जनतन्त्रका कुराहरू राख्न जनतासामु देशभक्त जनगणतान्त्रीक मोर्चा मार्फत हामी त्यहाँ पुग्यौ। र हामीले आफ्ना बिचारहरू राखेका थियौ।
जुन पाँच वर्ष नबित्दै प्रमाणित भयो। किसान, मजदुर, दलित, मधेसी, मुस्लिम तथा अन्य उत्पीडन वर्गका लागी त्यही समयबाट कालो दिन र झुपडीका बस्तीका लागी दुःख पिडाका लहरहरू, भिर पाखा चौतारी अनि भरियाका भारीहरूमा एकाएक गुन्जिन थाले, भने राष्ट्रियता, जनजीविका र जनतन्त्रका समस्याहरू त झनै विशाल र विकराल रूपमा खडा भए।  दुई तिहाइ बहुमतको हामी कम्युनिस्ट हाँै भन्नेहरूले यसरी गद्दारी गरेका कारण क्रान्तिकारीहरुले धोका खाए। कयौँ योद्धाहरू सहिद–बेपत्ता पारिएका थिए। उनीहरूलाई राहतको ठाउँमा दमन सृजना गरी राखियो। १० वर्षे जनयुद्धलाई पनि धोका दियो। सच्चा क्रान्तिकारीहरुलाइ कमजोर अवस्थामा पा¥यो।
यही समयमा हाम्रो पार्टी नेपाल कम्युनिस्ट पाटी (क्रान्तिकारी माओवादी) ठोस र तुरुन्त रूपमा देखा प¥यो। अहिले संघियातामा देखिएको हत्या हिंसा, लुटपाट, मंहगी, कालोबजारी, भ्रष्टाचार बाहेक अरू केही पनि हुन सकेन।  राष्ट्रियता, स्वतन्त्रता, स्वाभिमान सबै दमनको रूपमा समाजमा छलंग देखा प¥यो, भने अहिले हाम्रो राष्ट्रियता नै खतरामा पारिएको छ। बाम भनाउँदाहरूले बेरोजगार युवाहरूलाई पिडा र सिस्नो घोच्ने काम गरिएको छ। त्यो कुराहरू सबैमा छलैंगै देखी सकेको छ। त्यसैमाथि कोभिड –१९ बाट भोग्नुपरेको पिडा झनै खतरा र विशाल बन्यो।
पञ्चगामीको समीकरणमा जुटेका सत्ताधारीहरुलाइ के था उनीहरूको पिडा । उहिरुलाइ नै आएको राहतमाथि घोटाला गर्दे जनघाति सम्झौताका एजेन्डाहरू एकाएक थप्रादै साम्राज्य वादी नीति (एमसीसी) अब नेपाललाई नै रणभूमिको दाउमा राख्न लागी परे। त्यो पुरा नभइसकेपछि पञ्च गमन र फाँसीवादी चरित्रमा हिडीरहेका सत्ताधारी अहिले चक्राचक्रिमा परिरहेका छन्।
के यही संविधान हो त उत्कृष्ट  ? सङ्घीयतामा सत्ता धारी शासकहरूको अलोकतान्त्रिक कदम र बामगठबन्दनको लोकतन्त्रको नाममा सत्ता र पैसाको दुरुपयोग गर्नु राष्ट्रियता जनजीविका र जनतन्त्रका समस्याहरूलाई विकराल बनाउनु हो।
संविधान हैन यसले समाजलाई भयावह बनाइ फाँसी बादी चरित्रमा जानु यसको गौण धेय हो ।
त्यसैले यी सबै समस्या समाधान निमित्त सबै क्रान्तिकारीहरू गोलबद्ध भएर जस्तोसुकै आदि हुरी, पहाडहरू पार गर्न तयार हुनुपर्छ। त्यसपछि मात्रै नयाँ जनवादी, राज्य सत्ता स्थापना हुने छ। जनगणतन्त्र स्थापना हुनेछ। त्यहाँ सबै हरुवा, भरुवा किसानहरूले लाल झन्डा फरफराउने छन् र मुक्तिको आभास पाउने छन्। सबै किसिमले सुसम्पन्न राष्ट्र बन्ने छ, भने सबै जनहरूले समानताको आभास पाउने छन्।
कमरेड सौरभ नेकपा(क्रान्तिकारी माओवादी) का बझाङ सेक्रेटरी र सुदूरपश्चिम प्रदेशका मजदुर फ्याक्सन इन्चार्ज हुन्। 
प्रतिक्रिया दिनुस