नेकपा प्रचण्ड–माधव पक्षको स्थायी समिति बैठकले पार्टी एकताका बाँकी काम गर्न र प्रदेश तथा जिल्लाका पदाधिकारीका विषयमा गृहकार्यका निम्ति माधव नेपालको संयोजकत्वमा एक समिति गठन गरेको छ ।

आइतबार पार्टी कार्यालय पेरिसडाँडामा बसेको बैठकले सो निर्णय गरेको स्थायी समिति सदस्य गणेश साहले जानकारी दिए । बैठक भोलि दिउँसो १ बजेसम्मका लागि स्थगित गरिएको छ । सो पक्षको स्थायी समिति बैठकअघि सचिवालय बैठक बसेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले गत पुस ५ गते प्रतिनिधि सभा विघटनको घोषणा गरेकी थिइन् ।

त्यसपछि नेकपाको प्रचण्ड–माधव पक्ष उक्त असंवैधानिक कदमको विरोध गर्दै आन्दोलनमा छ । सोमबारको बैठकमा सद विघटनविरुद्धको आन्दोलन र भावी रणनीतिका बारेमा छलफल हुने नेताहरुले बताएका छन्

प्रतिक्रिया दिनुस