कैलालीको अत्तरीयामा ब्याटमिन्टन प्रतियोगिता हुने भएको छ। अत्तरिया युवा क्लवको आयोजनामा पुष २६ गते देखी ‘प्रथम गोदावरी ब्याटमिन्टन प्रतियोगिता २०७७’ हुने भएको हो। आईतबार पत्रकार सम्मेलन मार्फत पुस २६ गते देखि गोदावरी नगरपालिका–२ मा रहेको सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाको प्राङ्गणमा प्रतियोगिताको आयोजना गरिने आयोजकले जानकारी गराएको छ।

क्लवका अध्यक्ष दिलिप कुमार साउँदले ‘स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद’ भन्ने मूल नाराका प्रतियोगिताको आयोजना गर्न लागिएको बताए । उनले प्रतियोगिताको माध्यमबाट नगरको प्रतिष्ठा बढाउन सफल तथा सम्भावना बोकेका खेलाडी र खेलप्रेमीहरुलाई नगरपालिकाको नाम राष्ट्रिय स्तरमा चिनाउन र प्रतिभाको कदर गर्नका साथै नव आगन्तुक खेलाडीहरुको प्रोत्साहनको लागि प्रतियोगिता आयोजना गरिएको बताए ।

क्लवका महासचिव भरत साउँदले पुस २९ गते सम्म संचालन हुने प्रतियोगितामा ५० ओटा टिमको सहभागिता हुने र करिब ५ हजार दर्शकले अवलोकन गर्ने अपेक्षा लिएको बताए ।
प्रतियोगितामा प्रथम पुरस्कार २५ हजार, द्धितिय पुरस्कार १५ हजार र तृतिय पुरस्कार १० हजार दिईने महासचिव साउँदले जानकारी दिए । त्यस्तै प्रतियोगिताका उत्कृष्ट खेलाडीलाई ३ हजार दिईने उनले बताए । प्रतियोगितामा सहभागिता जनाउनका लागि पुस २५ गते सम्म टीम दर्ता गराईसक्नुपर्ने क्लवले जनाएको छ ।

प्रतिक्रिया दिनुस