कञ्चनपुरमा असहाय मानिसहरूको उद्धार गरी सहारा घरमा बुझाइएको छ। जिल्लाको शुक्लाफाँटा नगरपालिकामा मानसिक सन्तुलन गुमाएर झलारी बजारमा रहेका मानिसहरूको शुक्लाफाँटा यूथ नेटवर्कले उद्धार गरेको हो। शुक्रवार शुक्लाफाँटा यूथ नेटवर्कले ती मानिसहरूको उद्धार गरेर सहारा घरको जिम्मा लगाएको जनाएको छ।
‘सडकमा रहेका असहाय मानिसहरूको उद्धारका लागि नेटवर्कले लामो समय देखि पहलकदमी गर्दै आएको थियो। उपहारखबरकर्मी तथा शुक्लाफाँटा यूथ नेटवर्कका सदस्य मुकेशप्रसाद जोशीले भने,–‘पटक–पटक सडकमा रहेका बेवारिसे मानिसहरूको उद्धार गरेर सहारा घर कैलालीमा बुझाइएको छ।
सहारा घर कैलालीका अध्यक्ष बल बहादुर विष्टले मानव सेवामा लागेकोमा शुक्लाफाँटा यूथ नेटवर्कलाई धन्यवाद दिए। असहाय र दीन दुःखीलाई सहयोग गर्न उनले सबैलाई आग्रह गरे।
प्रतिक्रिया दिनुस