नेपाली काँग्रेस कञ्चनपुर क्षेत्र नम्बर १ का क्षेत्रीय सभापति गोपी प्रसाद उपाध्याायलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा आइतबार उनमा कोरोना संक्रमण पुष्टि भएको हो ।

उनी बेलौरी नगरपालिकाको वडा नम्बर ९ मा रहेको कुण्डा आईसोलेसनमा बसेका छन् । क्षेत्रीय सभापति उपाध्यायलाई हल्का ज्वरो, टाउको दुख्ने समस्या देखिएको थियो ।

प्रतिक्रिया दिनुस