पश्चिमी सीमा नाका गड्डाचौकी हुँदै भारतको नयाँ दिल्ली लैजादै गरेका चार युवतिको सशस्त्र प्रहरीले उद्धार गरेको छ।

सीमा नाका हुँदै भारततर्फ लैजाने क्रममा आइतबार सशस्त्र प्रहरी बल नेपालको बोर्डर आउट पोष्टमा खटिएका जवानले उद्धार गरी शान्ति पुनर्स्थापना केन्द्र गड्डाचौकीमा बुझाएको सशस्त्र प्रहरी बल नेपाल नम्बर ३५ गण हेडक्वाटर शैलेश्वरी कञ्चनपुरका सशस्त्र प्रहरी उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिए। सशस्त्र प्रहरीका अनुसार झापाको दमक नगरपालिका–७ की १८ वर्षीया, २३ वर्षीया, २७ वर्षीया र मकवानपुरको हेटौडा उपमहानगरपालिका–७ की २१ वर्षीया युवती रहेका छन्।

रोकथाम गरिएका महिला र भारततर्फ लैजाने कार्यमा संलग्न महिलालाई आवश्यक अनुसन्धानका लागि शान्ति पुनर्स्थापना केन्द्रमा बुझाइएको छ। यसअघि पनि सशस्त्र प्रहरीले युवतीहरुलाइ अबैध कामका लागी भारत लगीरहेका व्यक्तिलाइ नियन्त्रणमा लिएको थियो।

प्रतिक्रिया दिनुस