पश्चिमी वायुको प्रभावका कारण देशका धेरै ठाउँको मौसम बदली भएको छ । हिमाली र केही उच्च पहाडी क्षेत्रमा हिमपात भएको मौसमविद् समीर श्रेष्ठले जानकारी दिए । उाका अनुसार सोमवार कर्णाली, सुदूरपश्चिम र लुम्बिनी प्रदेशका पहाडी क्षेत्रमा पानी पर्ने सम्भावना छ । पश्चिमी वायुको प्रभावकै कारण अब जाडो झन् बढ्ने मौसमविद्को अनुमान छ ।

यो प्रणालीका कारण मङ्गलबार सम्म नै देशका धेरै ठाउँको मौसम बदली हुने मौसमविद् अनुमान छ । दिउँसोको समयमा बेलाबेलामा घाम लागे पनि फेरि बदली हुने जनाइएको छ । यस्तै पश्चिमी वायुको प्रभाव हटेपछि तराईका जिल्लामा शीतलहरको सम्भावना रहने मौसमविद्ले जनाएका छन् ।

प्रतिक्रिया दिनुस