बाजुराको त्रिवेणी नगरपालिकाले बिपन्न वर्गलाइ बाख्रा बितरण गरेको छ । नगरपालिकाको उप—प्रमुखसंग नजिक कार्यक्रम अन्तरगत एकल, दलित तथा विपन्न आर्थिकरुपमा पछाडी पडेका वर्गका महिलाहरुलाई बाख्रा वितरण गरिएको त्रिबेणी नगरपालिकाकी उपप्रमुख राधिकार सुनारले जानकारी दिइन्।

नगरपालिकाका नौ वटा वडाका ५० जना महिलाहरुलाई प्रत्येक महिलालाई एक एक बाख्रा गरि ५० बाख्रा दिएको नगरपालिकाले बताएको छ। सोमबार एक औपचारी कार्यक्रमको आयोजना गरी नगर प्रमुख रामसिंह रावल र उप— प्रमुख राधिका सुनारले संयूक्त रुपमा बाख्रा वितरण गरीएको नगरपालीकाका सुचना प्रविधी अधिकृत नरेशराज पन्तले बताए ।
वडा अध्यक्षको सिफारिसमा नगरपालिकाका ९ ओटै वडाका एकल, दलित तथा विपन्न वर्गका महिलाहरुलाई वितरण गरीएको नगरपालीकाकी उप— प्रमुख राधिका देवी सुनारले बताइन।

प्रतिक्रिया दिनुस