नेपाली बजारमा आज सुन तथा चाँदीको मूल्य बृद्धि भएको छ । आज प्रतितोला छापावाला सुनको मूल्य तोलामा ११ सयले बृद्धि भएको छ । सोमवार प्रतितोला छापावाला सुनको मूल्य ९५ हजार ३ सय रहेको थियो । त्यस्तै आज सुनको मूल्य ९६ हजार ४ सय कायम भइ कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

त्यस्तै आज प्रतितोला तेजावी सुनको मूल्य ९५ हजार ९ सय रहेको छ । महासंघका अनुसार आज प्रतितोला चाँदीको मूल्य १० रुपैयाँले बृद्धि भएको छ । सोमवार प्रतितोला चाँदीको मूल्य १ हजार ३ सय २५ रहेको थियो । भने आज मूल्य बृद्धि भइ प्रतितोला चाँदी १ हजार ३ सय ३५ कामय भइ कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रतिक्रिया दिनुस