कञ्चनपुरमा खैरो हिरोइन सहित एक युवक पक्राउ परेका छन्। जिल्लाको बेलौरी नगरपालिका १० बस्ने बल बहादुर चन्दलाई प्रहरीले पक्राउ गरेको हो। इलाका प्रहरी कार्यालय बेलौरी र लागु औषध नियन्त्रण ब्यूरोको संयुक्त टोलीले चन्दलाई पक्राउ गरि गरि उनको साथबाट ६३ग्राम खैरोहिरोईन र नगद ८४ हजार ४ सय ८०रुपैया फेला परेको छ।

इलाका प्रहरी कार्यालय बेलौरीका इन्चार्ज कमल कुमार खडकाले उनीमाथि खानतलासी गर्दा साथमा खैरोहिरोईन सहित पक्राउ गरिएको बताए। उनीमाथि लागु औषध ओसापोसार बिरुद्धको मुद्दा दायर गरिने प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुस