बयर टिप्न वन क्षेत्रमा जाँदा हराएका बज्यै र नातिनीलाई सशस्त्र प्रहरीले खोजतलास गरी आफन्तको जिम्मा लगाएको छ। कञ्चनपुरको भीमदत्त नगरपालिका–९, खल्लाका ६५ वर्षीया धना टमटा र उनका नातिनी ६ वर्षीय तारा टमटा सोमबारदेखि हराइरहेका थिए।
बयर टिप्न जाँदा हराएपछि परिवारजनले खोजतलास गरिदिन खल्लास्थित सशस्त्र प्रहरीको बोर्डर आउटपोस्टलाई गुहारेका थिए। खोजीमा निस्केको सशस्त्रको टोलीले बज्यै-नातिनीलाई मंगलबार साँझ नेपाल–भारत सीमा नजिक दशगजा क्षेत्रबाट सकुशल उद्दार गरेको हो। उद्दार गरिएका दुवै जनालाई आफन्तको जिम्मा लगाइएको सशस्त्र प्रहरी बल, ३५ नम्बर गण शैलेश्वरीका उपरीक्षक वीरेन्द्र ऐरले जानकारी दिएका छन्।
प्रतिक्रिया दिनुस