प्रतिनिधि सभा विघटनसम्बन्धी विचाराधीन रिटमा सर्वोच्चको संवैधानिक इजलासमा बुधबार(आज) देखि अन्तिम सुनुवाइ प्रारम्भ हुँदैछ । गत १० पुसमा प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा नेतृत्वमा न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी सम्मिलित संवैधानिक इजलासले २२ पुसदेखि यो मुद्दामा निरन्तर सुनुवाइ गर्ने आदेश दिएको थियो ।

आजको इजलासमा पनि पुस १० कै न्यायाधीशले सुनुवाइ गर्ने भएका छन् । जसमा प्रधानन्यायाधीश राणा सहित न्यायाधीशहरू हरिकृष्ण कार्की, विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा र तेजबहादुर केसी छन् । प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले पुस ५ गते संसद विघटन गरेकि थिइन् ।प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेका प्रधानन्यायाधीश राणालाई उनीविरुद्ध परेको रिटको सुनुवाइ कसरी गर्छन् भन्ने कुरा अहिले सबैको चासोको विषय बनेको छ ।

प्रतिक्रिया दिनुस