कञ्चनपुरमा एसपी फेरिएका छन्। चर्चित निर्मला हत्या प्रकरणमा समेत खटिएका अनुसन्धान अधिकृत उमाप्रसाद चतुर्वेदीले जिल्ला प्रहरी कार्यालय कञ्चनपुरको प्रमुखको जिम्मेवारी पाएका छन्।
प्रहरी महानिरीक्षकको निर्णय अनुसार नेपाल प्रहरीका ३० जना प्रहरी उपरीक्षक (एसपी) को सरुवा भए अनुसार कञ्चनपुरका एसपी मुकुन्द मरासीनीको पनि काठमाडौँ सरुवा भएको हो। प्रहरी प्रमुख चतुर्वेदीले छिट्टै जिम्मेवारी सम्हाल्ने जनाइएको छ।
प्रतिक्रिया दिनुस