कञ्चनपुरबाट डेढ लाख बढिको सामान सहित अवैध काठ बरामद गरीएको छ । सशस्त्र प्रहरी बल ३५ नम्बर गण शैलेश्वरीका सशस्त्र प्रहरी निरीक्षक त्रिभुवन बिष्टको नेतृत्वमा खटिएको टोलीले लालझाडी गाउँपालिकाको चानदेव र बि.ओ.पि. ब्रह्मदेवबाट सशस्त्र प्रहरी निरीक्षक निरक बहादुर शाही नेतृत्वमा खटिएको टोलीले अवैध सामान बरामद गरेको हो।

यस्तै सशस्त्र प्रहरी बल शैलेश्वरीले १ लाख ७० हजार बराबरको अवैध सामान बरामद गरेको छ । यमाहा मोटरसाईकल, २० क्युफिट सिसौको काठ र माछा समेत बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ। बरामद गरीएको उक्त सामान आवश्यक कारवाहीका लागि सम्बन्धित निकायमा जिम्मा लगाएको जनाइएको छ।

प्रतिक्रिया दिनुस