कञ्चनपुरका प्रहरी प्रमुख प्रहरी उपरीक्षक मुकुन्द मरासीनीको सरुवा भएको छ। प्रहरी प्रधान कार्यालयले मंगलबार कञ्चनपुरका एसपी मुकुन्द मरासीनी सहित ३० एसपीको सरुवा गरेको हो।

प्रहरी महानिरीक्षकको पुस २१ गतेको निर्णयअनुसार कञ्चनपुरका एसपी मरासीनीको राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज काठमाडौँ सरुवा गरिएको छ। गत वर्ष एसपी मरासीनी कञ्चनपुर आएका थिए। उनले कञ्चनपुरमा विभिन्न ६ प्रवृत्तिका जघन्य घटना १५ दिनमा नै सुल्झाएको दाबी गरेका छन्।

प्रहरी प्रधान कार्यालयका अनुसार माघ महिनादेखिको तलब, भत्ता हाल सरुवा भएको दरबन्दीबाट खान पाउने गरी उनीहरूको सरुवा गरिएको हो।

को–कहाँ सरुवा भए सूची हेर्नुहोस्

No description available.

No description available.

 

प्रतिक्रिया दिनुस