धर्मानन्द भट्ट ,

जहाँ जे मन लाग्यो त्यहीँ बोल्दै नहिड्नुस।
एकआपसमा आगो ओकल्दै नहिड्नुस।

मैले हेर्दा मिल्नुको विकल्प देखिन कमरेड,
अति भो अब त लङ्गुठी खोल्दै नहिड्नुस।

हाम्रो यात्रा पूरा भएको छैन संघर्ष जारी छ,
गाली गर्दै कमजोरीहरू खोतल्दै नहिड्नुस।

जनताको चेतनास्तर उठेको छ र बुझेको छ,
भो प्रतिशोध मेटाउन पुत्ला पोल्दै नहिड्नुस।

हाम्रो भविष्यले त सराप्ने छ तिम्रो पुस्तालाई,
पचाउछौ कसरी सबै आफै सोल्दै नहिड्नुस।

प्रतिक्रिया दिनुस