नेपालमा पछिल्लो २४ घण्टामा ४०९ जना कोरोना संक्रमित थपिएका छन्। यो अवधिमा ४९५ जना संक्रमित कोरोनामुक्त भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बुधबार आयोजित मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा जानकारी दिए।

बितेको २४ घण्टामा कोरोनाबाट ६ जनाको मृत्यु भएसँगै कोरोनाबाट ज्यान गुमाउनेको संख्या १८९९ पुगेको प्रवक्ता गौतमले जानकारी दिए। हालसम्म नेपालमा कोरोना संक्रमित हुनेको संख्या २ लाख ६३ हजार १९३ पुगेको छ भने २ लाख ५६ हजार १६१ जना निको भइसकेका छन्। हाल सक्रिय संक्रमितको संख्या ५ हजार १३३ रहेको छ।

प्रतिक्रिया दिनुस